सुरविनालाई हिन्दी गीतले पनि उठाएन
के माया लाग्छ र गीत चलेकै हो । गीत चलेर के गर्ने होला खै । मोडल सुरविना कार्कीलाई केही भएन । गीत चल्दा अब भयंकर भयो भनेर सोचेकी हुन् उनले । के गर्नु गर्नु । सुरविनाको करिअर चलेन ।
ओर पिया रे भन्ने हिन्दी गीत रिलिज भयो । ६ करोड ४४लाख सब्सक्राइबर भएको जी म्यूजिक कम्पनीको युटुब च्यानलमा आएको छ गीत । यो गीतमा काम गरेपछि त धमाका होला भनेर उनले सोचिन् । तर खास केही भएन । नेपालमा खिचिएको गीत हो यो ।
यो गीतलाई ५ दिनको अन्तरमा ३ लाखले हेरेका छन् । गीतले चर्चा नपाउँदा सुरविनाको पनि कुनै खास चर्चा भएन ।
अनुपम खेरको स्टूडियोमा पढेपछि नेपाली फिल्म पाइहाल्छु भन्ने सोचेकी थिइन् । भएन त्यस्तो । नेपाली फिल्म बनाउनेले पत्याएनन् । यसपछि त राम्रो कथा आएन भन्यो बस्यो ।
गीत चल्छ उनी चल्दिनन् । हिन्दी गीत आउँछ उनी चल्दिनन् । फिल्म र मोडलिङबाट सुरविनालाई गाह्रो छ ।
प्रतिक्रिया