कलाकारको मिडिया ट्रायल
नेपाली फिल्ममा कलाकारको भ्यालु के हो ? कती छ भनेर भन्ने । के आधारमा गन्ने भ्यालु । कलाकारको नामले फिल्म चल्छ कि चल्दैन । चल्छ भने कतीवटा चले । चल्दैन भने किन कलाकारको नाममा महंगो खर्च । फिल्म छायांकन सुरु भएपछि कलाकारको मिडिया ट्रायल हुने संभावना छ । किन यस्तो होला ।
किनभने, लकडाउनको समयमा कलाकारको क्रेज घटेको मिडिया विश्लेषण हो । कलाकारले काम गरेको तरिका, कलाकारको विवादले उनीहरुलाई हेर्न दर्शक आउने कि नआउने हलमा दोधार रहेको भनिएको हो । यसले, मिडिया ट्रायल हुनसक्छ ।
पल शाहले म्यूजिक भिडियोमा मन बनाउँदा फिल्म के होला, अनमोल केसी र प्रदिप खड्काले फिल्म कुर्दा दर्शकले माया गर्लान् ? पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, दीपाश्री निरौला विवादमा पर्दा दर्शकको नजरमा उनीहरुलाई हलमा समस्या पर्ला । यो विश्लेषण मिडियामा छ, फिल्ममा पनि छ । यसैले, फिल्म चलेपछि सुरु हुनेछ अहिले भैरहेको विश्लेषणमाथिको नजिता ।
नजिताले के जवाफ देला भन्न नसकिएला । तर, यो समय मिडियाका लागि ट्रायल हो । भारतमा रिया चक्रवर्तीमाथि भएको मिडिया ट्रायल असफल भयो अन्तिममा । उनीमाथि धेरै मिडिया ट्रायल गर्ने अर्नव गोस्वामी हिरासतमा छन् ।
नेपाली कलाकारको क्रेज घटेको छ कि बढेको छ भनेर भन्न फिल्म कुर्नपर्छ । तर, मिडियामा उनीहरु घटेको विश्लेषण भैरहेको छ । हलमा के होला । भिडियो खेल्ने र विवादमा पर्ने कलाकारको फिल्म धेरै चलेर रिजर्भ बसेका फेल खाने हुन् कि । रिजर्भ बस्दाको फाइदा अनमोल केसी, प्रदिप खड्का, सलिमान बनियाँले पाउने हुन् ।
प्रतिक्रिया