बेलायतमा दुतावासद्धारा नेपाली कलाकर्मीलाई सम्मान
बेलायतमा नेपाली दुतावासले नेपाली फिल्मीकर्मीलाई सम्मान गरेको छ । नेपाली दूतावासमा भएको ‘नेपाली चलचित्र महोत्सव’ मा राजदूत डा दुर्गाबहादुर सुवेदीले अभिनेत्री मिरुना मगर, अभिनेता धु्रुव दत्त, निर्देशकद्वय कुशल श्रेष्ठ र सनमकुमार वैराग लगायतलाई सम्मान गरेका छन् । कलाकारलाई नेपाली पहिचान खुकुरी, पुष्पगुच्छा र मायाको चिनोसहित राजदूतले सम्मान गरेका हुन् ।
अभिनेत्री मिरुनाले फिल्म ‘लालपूर्जा’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले फिल्म ‘लालपुर्जा’ ‘रोज’,‘च च हुई’, ‘साइनो’ लगायत फिल्ममा अभिनय गरेकी छिन् । उनको फिल्मले आकर्षक व्यापार गर्न नसकेपनि अभिनयको भने खुवै तारिफ हुँदै आएको छ । त्यस्तै , धु्रव दत्तले ‘नाइन ओक्लक’, ‘तीन घुम्ती’ आदि फिल्ममा अभिनय गरेका छन् ।
महोत्सवमा राजदूत सुवेदीद्धारा लिखित ‘दुख्ने मुटु’ र ‘अधर’ बोलका दुई गीतको म्युजिक भिडियो तथा छोटो फिल्म लोकार्पण गरिएका थिए । फिल्म , नाटक तथा नेपाली म्युजिक भिडियोको विकास, प्रचारप्रसारका साथै बजार प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गरिएको दूतावासले जनाएको छ ।
प्रतिक्रिया