सडक बालिकाको कथामा बनेको ‘आइसक्रिम’ले अफ्रिकामा जित्यो दुई अवार्ड

सडक बालकालिको कथामा बनेका लघु फिल्म ‘आइसक्रिम’ले दुइ विधामा अवार्ड जितेको छ । संगीता श्रेष्ठको सर्ट फिल्म ‘आइसक्रिम’ ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा दुई अवार्ड जितेको छ। फिल्मले उत्कृष्ट अभिनेत्री र सम्पादन गरी दुई विधामा अवार्ड जितेको हो। नोभेम्बर तीनदेखि सुरु भएको फेस्टिभलको पहिलो दिन नै फिल्म स्क्रिनिङ भएको थियो।

फिल्मले बाल यौन हिंसाको विषय र सम्पादनमा गरेको प्रयोगका कारण फिल्मले पुरस्कार पाएको निर्देशक संगीताले बताएकी छन् । बाल यौन शोषणलाई विषय बनाइएको फिल्ममा सडकमा माग्दै हिँड्ने बालिकाको कथामा निर्माण भएको हो । जसमा योगिशा खत्रीको मुख्य भूमिका निर्माण गरेकी छन् ।
यो भन्दा अघि संगीता ‘कथा काठमाण्डू’ जस्तो सफल फिल्मको निर्देशन गरेकी छन् । फिल्म ‘आइसक्रिम’ अमेरिकाको ’बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, बेलायतको ’फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ’इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ’मानव अधिकार फिल्म फेस्टिभल २०२०’ मा छनोट भइसकेको छ ।