खिल बहादुर गुरुङको निर्देशनमा ‘बारपाकी माया २’

गुरुङ सस्कारमा बनेको फिल्म  ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको फिल्म  ‘बारपाकी माया’ ले गुरुङ सस्कारको विषयलाई उत्थान गरेको थियो ।

बारपाक बिर चक्र भिसी गजे घलेको गाउँ हो। बारपाकमा घले र गुरुङको ठुलो बस्ति रहेको छ। लक डाउनको समयमा फिल्म को स्क्रिप्ट तयार पारिएको छ।  फिल्म लाई खिल बहादुर गुरुङले निर्देशन गर्नेछन।

‘बारपाकी माया २’ मा विशेष  गरेर बारपाकको जन जीवन र त्यहाँको रहन सहनलाई  समेटिने छ। करिब ८० लाखको बजेटमा निर्माण हुने फिल्म को छायाँकन उत्तरी गोर्खाको बारपाक लगायत सिरानचोकको आरुबोट, झारगाउँ, अजिरकोटको भच्चेक सिरानडाडा जस्ता रमणीय स्थानहरुमा गरिनेछ।

२०७२ सालको महाभुकप्म अघि बनेको फिल्मले बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरेको थियो महाभुकम्पले उक्त गाउँ तहस नहस भएको थियो अहिले पुनर्निर्माण पछि बनेको गाउँको दृश्यहरुलाई ‘बारपाकी माया २’ले समेट्ने छ। लक डाउनको समाप्ति संगै नेपाल सरकारले छायांकन गर्ने अनुमति दिना साथ छायाँकनमा जाने तयारीमा रहेको छ। गोरखा सिरान चोक एण्ड लिग लिग कोट फिल्म्स को ब्यानरमा बन्ने फिल्म मा  वीरबल घले, सुरज गुरुङ लक्ष्मी गुरुङ, तलिसा गुरुङ, बल बहादुर गुरुङको मुख्य भूमिका रहनेछ।