लकडाउनको मार खेपेका रंगकर्मीलाई सरकारको राहत
कोरोना महामारीबा बेला धेरै जसो मुलुकका नाट्य संघसंस्था बन्द भए । बन्दको मारमा परेका रंगकर्मीको बिचल्ली जस्तै भएको छ । कोरोेना महामारीका नाटक क्षेत्र ठप्प परेको र कलाकार मारमा परेको भन्दै बेलायत सरकारले राहतको घोषणा गरेको छ । बेलायत र वेल्सका रङ्गमञ्चहरू कोरोेनाका कारण बन्द भएको भन्दै सरकारले बजेट स्वरुप राहत प्याकेजको घोषणा गरेको हो । सरकारले रङ्गकर्मी लगायत कलाकारका लागि राहतको योजना बनाउँदै गरेको त्यहाँको सञ्चारमाध्यमले जनाएका छन् ।
बेलायतको तल्लो सदनका सदस्य एमपी क्रिस एल्मोरले देशभर लागेको लकडाउनका कारण नाट्यकमी , संगीतकर्मी लगायत कलाकार मारमा परेको बताएका छन् । सरकारले कलाकारहरूलाई सहयोग पु¥याउन सरकार लागि परेको समेत बताएका छन् । उनका अनुसार बेलायतको आर्ट्स काउन्सिलले हरेक कलाकारका लागि एक सय १९ मिलियन पाउन्ड दिने योजना रहेको छ । बीबीसीका अनुसार रङ्गकर्मीका लागि सरकारको राहत योजनाले देशभरका ६६ प्रतिशत फ्रिलान्सर कलाकारलाई आर्थिक सहयोग गर्ने छ । अहिले बेलायतमा रहेका कलाकार निःशूल्क खाना खानका लागि फुड बैंक’ बाहिर लाम लागेर बस्ने गरेका छन् ।
प्रतिक्रिया