न्युयोर्कमा नेपालीसँग यसरी गफिए भारतिय अभिनेता अनुपम
भारतीय अभिनेता अनुपम खेरले अमेरिकाको न्यूयोर्कमा एक नेपालीसँग गफिदै गरेको भिडियो टुइटरमा सेयर गरेका छन् । उनी अमेरिका गएको समयमा एक नेपाली चालकसँग कतै हिडिरहेको देखिन्छ । पुस्कर पन्त नाम गरेका ति नेपाली चालकसँग गफिदा निकै रमाइलो भएको र ती नेपाली युवाको नाम आफ्नो बुवाको नामसँग मिलेको टुइटरमा लेखेका छन्।
अनुपम खेरले टुइटरमा बुधबार उक्त भिडियो फेरि सेयर गरेका छन् । करिव दुई मिनेट बीस सेकेन्डको भिडियोमा पुस्करबारे जानकारी लिएका छन् । उनीसँग जानकारी लिइसकेपछि उनले आफ्नो जानकारी दिएको भिडियोमा देख्न सकिन्छ।
भिडियोमा पुस्करले आफ्नो बुवाले १४ वर्ष भारतीय सेनामा रही सेवा गरेको बताएका छन् । उनको कुरा सुनेर अनुपम उत्साहित बनाएको देख्न पाइन्छ। चालकले माक्स लगाएका छन् । चालकले माक्स खोलेर बोल्दा बोल्दै फेरि माक्स लगाउन अनुपमले पुस्करलाई अह्राउँछन् । अनुपमले आफ्नो परिचय दिएपछि पुस्करको उत्साह झन् यसरी पोखिएको छ, ‘यू मेड माइ डे’।
अनुपमले परिवारका बारेमा सोधका छन् । कुराकानीकै क्रममा पुस्करले अनुपमलाई आफू न्यूयोर्कमा १० वर्षदेखि बस्दै आएको बताएका छन्। लामो समय देश बाहिर बसेको कुरापछि अनुपम आफूले पनि आफ्नो देश मिस गरिरहेको बताउँछन्।
भिडिओमा अनुपमले छिमेकी देशका नागरिक भेटिएको आत्मीयता प्रकट गरेका छन्।‘हामी दुवै होम सिकको पीडामा छौं। जे भए पनि हामी यो क्षणलाई सँगै बिताउन सक्छौं। यसमा हामी खुसी हुनुपर्छ,’ । उनले लेखेका छन्, ’मेरो बुबाको नाम पुस्कर हो। म चढेको उबर कारका चालकको नाम पनि पुस्कर भएको थाहा पाएर म अचम्मित र खुसी भएको थिएँ। उनका बुबा भारतीय सेनाका जागिरे थिए। मलाई उनीसँग कुरा गर्न र उनलाई सप्राइज दिन रमाइलो लागिरहेको थियो। उनी एकदमै खुसी थिए, अनि म पनि।’
My father’s name is #Pushkar. So I was pleasantly surprised and happy when my Uber driver’s name turned out to be that. #PushkarPant is from Nepal. His father served in the @adgpi. I loved chatting with him and surprising him. He was so happy. So was I.?? #EncountersInNY pic.twitter.com/XITz05Lvoh
— Anupam Kher (@AnupamPKher) November 3, 2020
प्रतिक्रिया