अभिनेता फराज खानको निधन
बलिउडका चर्चित अभिनेता फराज खानको आज निधन भएको छ । केहि दिन देखि सिकिस्त विरामी रहेका फराजको बैंगलुरुको एक अस्पतालमा उपचार गर्दा गर्दै निधन भएको हो ।
अभिनेत्रीले पूजा भट्टले सामाजिक सञ्जालमार्फत फराजको निधन भएको जानकारी दिएकी हुन् । स्वास्थ्यमा समस्या बढेपछि पछिल्लो केहि दिनदेखी उनलाई न्युरोलोजिकल डिसअडरका कारण भेन्टिलेटरमा राखिएको थियो।
अभिनता फराज आर्थिक अवस्था कमजोर रहेका थिए । उनको उपचारको लागी सलमान खानले केहि महिना अगाडी आर्थिक सहयोग गरेका थिए । ४६ बर्षिय फराज खानको निधनले बलिउड अहिले शोकमा डुबेको भारतिय मिडियाले जनाएका छ ।
अभिनेता फराज खानले फिल्म थुप्रै फिल्महरुमा अभिनय गरेका छन् । उनले फरेब,पृथ्बी,मेहन्दी, दुल्हन बनु मै तेरी, दलिले फिर याद किया, चाँद बुझ गया लगायतका फिल्ममा अभिनय गरेका थिए । उनले फिल्म मेहन्दीमा अभिनेत्री रानी मुखर्जीसँगै काम गरेर चर्चा कमाएका थिए ।
प्रतिक्रिया