अनिवार्य मास्क लगाउन कलाकार मदनकृष्णको आग्रह
कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना महामारीको यो समयमा साबुनपानी, सेनिटाइजर र सामाजिक दुरीसँगै मास्क लगाउनमा ध्यान दिन सबैमा अनुरोध गरेका छन् । उनले यो कोरोना महामारीमा सबै सचेत रहन समेत आग्रह गरेका छन् ।
उनले आफ्नो सहपाठी हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको थाहा पाएपछि आफू ‘झसंग’ भएको र कोरोनालाई छेक्न माक्स अनिबार्य लगाउनु पर्ने बताएका छन् । उनले भने, ‘हरिवंशलाई कोरोना पोजेटिभ भैसकेको रहेछ यो कुरा हरिवंश आफैलाई पनि थाहा थिएन । ऊ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन । हामी दुबैजनाले यस विषयमा कुरै नगरे पछि विचरा हाम्रो छेउछाउमा उभिएका बसेकाहरुलाई त झन शंकासम्म पनि नहुनु स्वाभाविकै थियो ।’
उनले हरिवंश र आफुसँगै दुइ दिन सुटिङ हिडेको र यसमध्ये हरिवंशलाई कोरोना संक्रमण हुनु र आफुलाई नहुनुमा आश्चर्य लागेको बताएका छन् । ‘हामी त दुई दिनसम्म मजाले सुटिङमा व्यस्त भएर, एउटै गाडी धेरै बेरसम्म चढेर हिँडीरहेका थियौं । भोली पल्ट हरिले फोन गरेर दाई मलाई त कोरोना पोजेटिभ पो त देखियो त ‘! ? भन्दा त लौ मार्यो ।
एक छिन त म पनि झसंग भएँ । किनभने हरिवंश कोरोनाको लागि हड्डी बराबर हुन सक्ला तर म त कोरोनाको लागि एकदम मीठो कबाफ बराबर हुन सक्छ । ’ उनले आफुमा कुनै लक्षण नदेखिएको बताएका छन् । लक्षण नदेखिएता पनि आफु सतर्कताकासाथ घरैमा आईसोलेशनमा बसिरहें बताएका छन् । एक हप्ता पछि टेष्ट गराउँदा एउटै गाडी चढेका आफु सहित चारैजनाको रिपोर्ट नेगेटिभ आएको उनको भनाई छ ।
कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेको र सोसियल डिस्टायन्समा होश पुर्याए पनि एउटै गाडी चढ्दा भने डिस्टायन्स खासै मेन्टेन हुन नसकेको मदनले भनेका छन् । यसरी एक सेकेण्ड पनि माक्स नखोलेको हुनाले मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउँन मदत पुर्याउँदो रहेछ भन्ने आफुलाई लागेको र साबुनपानी, स्यानीटाईजर र सामाजिक दूरिका साथै मास्क लगाउन विशेष ध्यान दिनु उनको आग्रह छ ।
https://www.facebook.com/yourMadanKrishnaShrestha/posts/3352190898229288
प्रतिक्रिया