‘सोचे झै जिन्दगी’का गायक–गायिकाको विवाद साम्य

लोकगीत ‘सोचे झैं जिन्दगी रैनछ’ नसुन्ने र ननाच्ने कमै भए होलान् । यस गीतका गायक गायिका पनि यसै गीतका कारण चर्चामा पनि आए । यहि गीतको विवादले गायिका मधु क्षेत्री प्रहरी देखि प्रतिष्ठान गुहार्नु परेको छ । गीतकी प्रोड्यूसर र गायिका मधुले गायक तथा सर्जक खेमलाई सबै आर्थिक दिएको तर पछि यूट्युवबाट भएको आम्दानीको हिसाबकिताब पनि उसैले राखेको आरोप लगाइन् ।

विवाद यतिमा मात्र परेको होइन । यहि गीतको यूनिसेफ नेपालले खेमलाई सन्देशमुलक गीत निर्माणको प्रस्ताव गरेपछि उनले ‘सोचे झै जिन्दगी‘’ को भाकामा कोरोनाविरुद्धको सन्देशमुलक गीत निर्माण गरे । यस गीतमा खेमले प्रस्ताव आएपछि खेमले मधुसँग सल्लाह गरे । यस गीतबाट आफुले १५ हजार पाएको बताईन् ।

तर , यसका सर्जक खेमले २ लाख ३० हजारमा निर्माण गरेका रहेछन् । मधुले भनिन् ,‘ मलाई खेमले यो गीतबाट थोरै पैसा आउँछ , १५ हजार भागमा आयो भनेपछि ठिकै छ नी भने । तर ,पछि २ लाख ३० हजार आएको रहेछ ।’ प्रतिष्ठानका पूर्वअध्यक्ष पंगेनीले उनीहरुबीचको विवाद वास्तविकतामा सामान्य भए पनि मिडियाले ठूलो बनाइदिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । अहिले दुवैको झगडा साम्य भइसकेको छ ।