छाडा गीतबारे माफी मागे भिटेनले

एक साता अगाडी गीत ‘पारा’ सार्वजनिक गरेका भिटेनले माफी मागेका छन् । गीतमा प्रयोग गरिएका शब्दहरुलाई लिएर विवाद भएपछि भिटेनले माफी मागेका हुन् । आफ्नै युटुव च्यानलमा सार्वजनिक गरेको गीतका शब्दलाई लिएर आलोचना भएको थियो ।

भिटेनले उक्त ¥याप भिडियोमा प्रहरीलाई गाली गरेका थिए भने प्रहरीको गाडी विस्फोट गराएको देखाइएको थियो। उनका गीतमा प्रहरीलाई ‘डण्ठे’ भन्दै होच्याइएको थियो । गीतका शब्दालाई लिएर नेपाल प्रहरीले भिटेनलाई काबार्हीका लागि खोज्न थालेको थियो । प्रहरीको भिटेनलाई खोज्न थालेपछि भिटेनले गीतको भिडियो युटुबबाट हटाएका थिए ।

यसैको बारेमा आधिकारिक फेसबुक अकाउन्टमा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै भिटेनले आपत्तिजनक शब्द हटाएर संशोधित गीत सार्वजनिक गर्ने बताएका छन्। यस्तै, उनले यसअघिको सार्वजनिक भएर युट्युबबाट हटाइएको गीत अनाधिकृत रुपमा अन्य च्यानलमा नराख्न समेत आग्रह गरेका छन्।