उदिप र आँचलको सेलिव्रेशन
उदिप श्रेष्ठ र अभिनेत्री आँचल शर्माले बिहे गरिसके । फागुणमा भएको हो बिहे । बिहेपछिको जीवनचर्या थाहा छदै छ सबैलाई । दशैंमा उदिप र आँचलले चितवनमा गएर टिका थापे । काठमाण्डौ आएर पनि टिका थापे ।
कोभिडले लकडाउन भयो, घरमै छन् उनीहरु । हनिमुन पनि जान पाएका होइनन् । तर, माया गर्नेलाई बाहाना चाहिन्छ रे । सेलिव्रेशन हरेक दिन हुन्छ भनेर भन्दा रहेछन् ।
आँचल र उदिपको भेट भएको २ बर्ष भएछ । अक्टुबर ३१ का दिन २ बर्ष अघि भएको हो भेट । यही भेटपछि रहेछ आँचल र उदिप नजिक भएका । नजिक भएर बिहे पनि भयो ।
उदिप र आँचलले २ बर्ष भेट भएको भयो भनेर केक काटेका छन् । अक्टुबर ३१ मा दुई जनाले केक काटे र दिन संझिए । माया गर्नका लागि उत्सवको बहाना चाहिने हो, हरेक दिन केही त हुने नी ।
प्रतिक्रिया