‘अष्टमीको दिन आफ्नै अगाडी त्यो खसी काटिदा धेरै रून्थेँ म’ : दीपकराज गिरी
हास्य अभिनेता दीपकराज गिरीलाई बाल्यकालको यादले सताएको छ । सधैं फिल्मको प्रमोशनमा हिडिरहनु पर्ने हुन्थ्यो ,यो साल फिल्म रिलिज छैन । फिल्म निर्माण गर्न कोरोना भाइरसले देशभर लकडाउन र जोखिम बढेपछि छक्का पञ्जा फिल्म टिमले फिल्म निर्माण गर्न सकेन । जसका कारण उनी अहिले घरमा परिवारसँग बसेर दसैं मनाइरहेका छन् ।
विगत ७ महिना देखि घरमा नै बसिरहेका दीपकले यस बर्षको दसैंमा घर परिवारलाई समय दिएका छन् । अरु बेला जस्तो भए दीपकलाई परिवारले फोन गरेर दसैंमा घर आउन भन्नु पर्थो तर यो साल उनी घरमा नै रहेका छन् । जस कारण उनको दसैं सधैं भन्दा फरक रहेको छ ।
उनले बाल्यकालको दसैं पनि सम्झिएका छन् । बाल्यकालमा घरमा नै खसी आउने कुरा गरेका छन् । उनले भने ,‘ सानो छँदा १० दिन अघि नै घरमा खसि आउथ्यो । खसीसंग खेल्दा, खसीको कान निमोठ्दा ,म्वाँइ खाने गर्दा खसीसंग एक प्रकारको सामिप्यता महसूस हुन थाल्थ्यो । अष्टमीको दिन आफ्नै अगाडी त्यो खसी काटिदा धेरै रून्थे म । ’
उनले आफुले माया गरेको खसी काट्दा धेरै रोएको कुरा बताएका छन् । उनी भन्छन्, ‘ खसीसँग आफ्नो माया ममता गाँसी सकेको हुन्थ्योँ । जसका कारण मलाई खसीको असाध्यैँ माया लाग्थ्यो । उनी भन्छन् , ‘पछि बिस्तारै ठूलो हूदैँ गए , खसि काट्दा आफै खुट्टा समाउन अघि सर्न थाले । यसको मतलब बिस्तारै संबेदनाहीन हुंदै गए म । ’ उनले आफुलाई बिस्तारै खसीसँगको सामिप्यता बिर्षन थालेको बताए । किनभने सानोमा जति माया ममता ठुलो हुँदै गएपछि बिर्षदो रहेछ । उनले आफ्नो बिगत सम्झिए । दीपकले भने ,‘ मासू बिना त दसैं नै हुदैँन भन्ने लाग्न थाल्यो । तर, ८ बर्ष अगाडी भगवानको आशीर्वाद भनौँ वा चमत्कार मासुसँग बिस्तारै मोह भंग हुन थाल्यो र म शाकाहारीमा परिणत भए । महसूस भयो मासुले दसैं रमाइलो भाको होइन रहेछ । दसैं आफैमा रमाइलो पर्ब रहेछ ।
शाकाहारी भोजनमा पनि आनन्द आउदो रहेछ
दीपकराज गिरीले आफुलाई शाकाहारी भएपछि पनि दसैंँ रमाइलोगरि मनाउन सकिन्छ भन्ने सन्देश दिएका छन् । उनले बेलिबिस्तार लगाएर भने , शाकाहारी हुँदा पनि दसैँ रमाइलो नै हुने रहेछ । यसको मतलब मासांहारी भोजन गर्नु नै हूदैँन भन्ने अधिकार मलाई छैन । सक्छौ, शाकाहारी भोजन गरौ, सकिन्न खसी काटेको, मासु खाएको फोटो चाहि पोष्ट नगरौ । सम्पूर्ण आदरणिय मित्रहरूमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना । यो बर्ष निश्चित दुरि कायम गरेर , आफ्नो परिवारसंग मात्रै टीकाटाला गरौँ । सकूसल रह्यौ भने आफन्तहरूसंग पछि पछि पनि टीका लगाउने मौका त आइहाल्छ नि होइन र ? सबैलाइ नमन ! ’
प्रतिक्रिया