हेमराजले भने ‘अञ्जुलीमा राखे माया’
गायक हेमराज भट्टराईको आवाजमा ‘अञ्जुलीमा राखे माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई मनोज साङसोन राईले संगीत भरेका छन् भने कवि तथा गजलकार राजकुमार सुब्बा अनिश्चितले गीतका शब्द कोरेका छन् ।
गीतको भिडियोमा नातीले हजुरबुवालाई अतित सम्झाएका छन् । नातिले हजुरबुवाको प्रेमको बारेमा प्रश्न गरेका छन् । हजुरआमासँग कसरी प्रेम भयो ? भन्ने जिज्ञासा हजुरबुवालाई नातिले राखेका छन् । यसैको सेरोफेरोमा रहेर गीत अनुसारको भिडियो प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा ‘सेवारो बाजे ’ बेव श्रृङखलामा बाजेको चरित्रमा अभिनय गर्दै आएका राज फागो र रमिता राईको मुख्य भुमिका रहेको छ । भिडियोलाई सञ्जय विश्वकर्माले खिचेँका छन् ।
गीतलाई नवराज घिमिरेले लगानी गरेका छन् भने भिडियोको परिकल्पना तथा पटकथा, निर्देशक चेतन आङथुपोले तयार पारेका हुन । गीतको भिडियोलाई आङथुपो आफैले निर्देशन गरेका छन् । गीतको भिडियोलाई चुलाचुली मिडिया को अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । कलाकारलाई राम्रो बनाउने काम तारा योङहाङले गरेकी छन् । त्यस्तै , लाइटमा शिखर लाम्गादे, मनकुमार योङहाङले काम गरेका छन् । गीतको भिडियो चुलाचुली गाउँपालिकाको आसपासमा छायाँङकन गरिएको हो ।
प्रतिक्रिया