छोपेललाई ‘रश्मिप्रसाद एल्ली पुरस्कार’ दिने घोषणा
सिक्किमको प्रतिष्ठित मानिएको ‘रश्मिप्रसाद एल्ली पुरस्कार २०२०’ नेपाली फिल्म निर्देशक उगेन छोपेललाई दिने घोषणा गरिएको छ । बिहीबार सिक्किमको ग्यांटोकमा सिक्किम प्रज्ञा प्रतिष्ठानको बैठक बस्दै उगेनलाई ‘रश्मिप्रसाद एल्ली पुरस्कार २०२०’ दिने घोषणा गरिएको हो ।
उनलाई १२ नोभेम्बर २०२० मा देवकोटा जयंतीको अवसरका बेला पुरस्कार हस्तान्तरण गर्ने निर्णय भएको हो । उनले नेपाली कला र संस्कृतिको क्षेत्रमा ठुलो योगदान पुर्याएको भन्दै सम्मानस्वरुप पुरस्कार प्रदान गर्न लागिएको हो ।उगेनलाई राशी भारु. ३१ हजार र प्रमाणपत्र सहित पुरस्कृत गर्न लागिएको हो । उक्त पुरस्कार सिक्मिमका मूख्यमन्त्री पीएस गोलेले प्रदान गर्नेछन् ।
उगेनले ‘साईनो, तृष्णा, नेपाली बाबु’ र बादल पारी’ जस्ता लोकप्रिय नेपाली फिल्म निर्देशन गरेका छन् । त्यस्तै , उनले बलिउडका केहि फिल्ममा पनि उनले सह निर्देशकका रुपमा काम गरको छन् । केहि बर्षदेखि उगेन नेपाली फिल्ममा सक्रिय देखिएका छैनन् ।
प्रतिक्रिया