फूलपातीको शुभ दिन पारेर रघुको फिल्म ‘चिलगाडी’ घोषणा
कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा फिल्म निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर, निर्माता तथा निर्देशकहरु सरकारले छायांकन अनुमति दिने आशमा धमाधम सामाजिक सञ्जालको माध्यमबाट नयाँ चलचित्रको घोषणा गरिरहेका छन् ।
यसबीच, सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने फिल्मको पनि आज फूलपातीको शुभ दिन पारेर औपचारिक घोषणा गरिएको छ । सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने फिल्मको नाम ‘चिलगाडी’ राखिएको छ। फिल्मको लागि केहि हप्ता अघि मुख्य अभिनेतामा नाजिर हुसेनलाईअनुबन्ध गरिएको थियो । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि कार्य भई रहेको निर्माण टिमले जानकारी गराएको छ।
सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै बिसेष संदेश समेत बोक्ने छ। फिल्मले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ । फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । निर्देशक समाजका महासचिव समेत रहेका निर्देशक जनकदिप पराजुलीले फिल्मको निर्देशन गर्नेछन। सागर प्रधानले छायाँकन गर्ने फिल्मको अन्य कलाकार तथा प्राबिधिकहरु फाईनल हुन बाँकि रहेको छ। फागुनमा फ्लोरमा जाने तयारीमा रहेको फिल्म २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
प्रतिक्रिया