हास्यकलाकार शिवहरी पौड्याललाई मातृशोक

हास्य कलाकार शिबहरि पौड्याल तथा (प्वाक्क मुखमा हानु जस्तो ) लाई मातृशोक परेको छ । पौड्यालकी आमाको गएराती ११ वजेर ०९ मिनेटमा सय वर्षको उमेरमा निधन भएको हो । उनले सामाजिक सञ्जालमा आमाको निधन भएको जानकारी दिदै मर्मस्पर्शी स्टाटस लेखेका छन् ।
उनले सामाजिक सञ्जालफेसबुकमा लेखेका छन् , ‘एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा ’ । उनले आमालाई स्वर्गमा वास होस् भन्ने कामना गरेका छन् ।

उनले भनेका छन् ( दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला ।

स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएको छु । आमा, फेरी पनि मलाई माफ गर्नुहोला । (१९७७ फागुन देखि २०७७ कार्तिक २ गते राती ११ वजेर ०९ मिनेट सम्म)