देवेन्द्रको ‘इमानको पहाड’ र ‘यस्तै भयो यो जुनीमा’ सार्वजनिक

साहित्यकार देवेन्द्र केसी ‘देवु’को मुक्तकसंग्रह ‘इमानको पहाड’ र गीति एल्बम ‘यस्तै भयो योजुनीमा’ सार्वजनिक गरिएको छ । हिजो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि दुई कृति सार्वजनिक गरिएको हो । उनका यि दुवै कृतिलाई बरिष्ठ साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाले दुवै कृति सार्वजनिक गरेका हुन् ।

साहित्कार केसीले यसअघि नै तीनवटा कृति प्रकाशन गरिसकेका छन् । कार्यक्रममा सार्वजनिक गरिएको ‘इमानको पहाड’ कृतिमाथि साहित्कारहरुले टिप्पणी गरेका थिए । कार्यक्रममा युवासमालोचक महेश पौड्यालले केसीमा कोमल, नरम र हृदयसंवेद्य शब्दहरूको संयोजन गरेर काव्य रचना गर्ने अद्भुत सामथ्र्य रहेको बताए ।

पौडेलले केसीमा कठोरअभिव्यक्ति दिनुपर्ने विषय र सन्दर्भमा समेत सुकोमल शब्दको प्रयोगबाट मुटु छेड्ने प्रस्तुति दिने कला लोभलाग्दो रहेको टिप्पणी गरे । यो जुनीमा यस्तै भयोएल्बममाथि बोल्दै उक्त एल्बमका संगीतका शक्तिबल्लभले निकै सरल शब्द, सहज अभिव्यक्ति र सुन्दर अनि कलात्मक प्रस्तुति केसीका गीतमा रहेको बताए ।लोकजीवनका बिम्ब, पौराणिक कथाका पात्रलाई समेत गीतमा उन्न सक्नेकेसीको खुबीको शक्तिबल्लभले प्रशंसा गरे ।

समालोचक, कवि घनेन्द्र ओझाले देवेन्द्रकेसीका रचनामा प्रकृति र इमानको अत्यन्त धेरै प्रयोग भएको बताए । लोकजीवनमै जन्मेहुर्केका केसीको लोकसाहित्य, लोककला र लोकसंस्कृतिप्रतिकोप्रेम उदेकलाग्दो भएको ओभलाको टिप्पणी थियो । गीतकार संघका अध्यक्ष चूडामणि देवकोटाले सुन्दर, राष्ट्रप्रेमयुक्त र कलात्मक गीत रचना गर्ने केसीको गीत लेखनमा निरन्तरताको कामना गरे ।

त्यस्तै अर्का गीतकार तथा कवि शंकर कोइरालाले पनि देवेन्द्र केसीका कविता, मुक्तक र गीत तीनवटै विधामासशक्त रहेका बताए । उनले भोलीका दिनमा अझ साहित्यमा सशक्त भएर लाग्न सुझाव दिए । सार्वजनिक भएको गीति एल्बम ‘यो जुनीमा यस्तै भयो’मा शक्ति बल्लभको एकल संगीत रहेको छ भने आनन्द कार्की, शिशिर योगी, स्वरूपराज आचार्य, मिलन नेवार, नवीन कार्की, सुमित खड्का र शक्ति बल्लभ स्वयंले एल्बमका गीतमा स्वर भरेका छन् ।