२ बर्षपछि सुुरु भो धिरज र जसिताको ‘आई एम ट्वान्टी वान’ को छायांकन

फिल्म घोषणा भएको दुई बर्षपछि फिल्म ‘आई एम ट्वान्टी वान’को छायाँङ्कन सुरु गरिएको छ । घटस्थापनाको अवसर पारे फिल्मको छायाँङकन थालिएको हो । फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङको अभिनय रहेको छ । उनीहरु दुवैले पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । यस फिल्मका प्रज्ज्वल शमशेर जवरा निर्माताका रहेका छन् । फिल्मको पहिलो सेड्युल एक हप्ताको राखिएको छ ।

‘आई एम ट्वान्टी वान’ फिल्मलाई एक नृत्यको कथामा निर्माण गर्न लागिएको हो । फिल्मलाई रेनशा वान्तवा राईले निर्देशनको जिम्मा सम्हालेकी छन् । रेनशाले यसअघि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को निर्देशन गरेकी थिइन् । फिल्म निर्माण पक्षका अनुसार, दशैंमा केही दिन फिल्मको काम रोकिने र त्यसपछि पुनः दोस्रो सेड्युलको छायांकन सुरु हुनेछ ।

निर्माता जवराले कास्ट एन्ड क्रियू सबैको कोरोना बीमा गरेको बताएका छन् । उनले सावधानिका साथ काम गरिरहेको र छायांकन स्थलमा मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक मेडिकल सामाग्री राखेको समेत जानकारी दिए । २५ जनाभन्दा कम कलाकार तथा प्राविधिकका बीच सुटिङ गरिने र त्यो भन्दा बढी उपस्थिति नरहने उनको भनाई छ ।
आइकोर फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्म ‘आई एम ट्वान्टी वान’ को छायाँङ्कन सुशन प्रजापतिले गर्दैछन् भने फिल्ममा वाइल्ड रिभर्स क्रूको कोरियोग्राफी रहनेछ । त्यस्तै फिल्मका गीतका लागि रोहित शाक्यले संगीत भरेका छन् । सरकारले फिल्म छायाँङ्कनको अनुमती नदिएता पनि अटेरी रुपमा फिल्मको छायाँङ्न गरिरहेका हुन् ।