दर्शनाको ‘चुलि जाल न्हां ’ सार्वजनिक

आफ्नो कला, संस्कृति जगेर्णाका खातिर भाषिक गीतको भिडियो निर्माया हुने क्रमले तिब्रता पाएको छ । यसै क्रममा पाँच दर्जन बढी फुटकर गीत गाएर सानै उमेरमा चर्चामा रहेकी गायिका दर्शना महर्जनले नेपाल भाषाको गीत श्रोता, दर्शक माझ ल्याएकी छन् ।

पप, आधुनिक सबै खाले भाकाको गीत गाउँदै आईरहेकी भएपनि नेपाल भाषा अर्थात नेवारी भने दर्शनाको पहिलो गीत हो ।

नकवि दुर्गालाल श्रेष्ठको शब्द, मनराजा नकर्मीको संगीत, नरेन्द्र महर्जनको प्रस्तुती रहेको ‘चुलि जाल न्हां….’ बोलको गीतको म्युजिक भिडियोका निर्देशक रुशिल अमात्य हन् भने नेहा तामाङको कोरियोग्राफर रहेको छ । भिडियो गायिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

https://mail.google.com/mail/u/0/#inbox?compose=CllgCJlHmgLfnHKtszzTZhbhrWqdVNscDvLCsHdXWDjqhMRpMzLJXztwXXzHzxtLccvlSTkpxBV