सम्पती कर तिर्न आनाकानी गरेपछि रजनीकान्तलाई अदालतको चेतावनी

बलिउडका सुपरस्टार अभिनेता रजनीकान्तलाई करको बिषयलाई लिएर अदालतले चेतावनी दिएको छ । केहि दिन अगाडी ग्रेटर चेन्नई कर्पोरेसनले सम्पत्ति कर मागेपछि रजनीकान्तले मद्रास उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । यसरी अदालतको समयखेर फाल्न खोजेको भन्दै अदालतले चेतावनी दिएको हो । अदालतले समय खेर नफाल्न चेतावनी दिदै चेन्नई कर्पोरेसनलाई रिमाइण्डर पत्र पठाउन सुझाव दिएको छ ।

अदालतले दिएको चेतावनी दिएपछि रजनीकान्तले हिजो सामाजिक सञ्जाल ट्वीटरमा , ’हामीले यो मुद्दामा मद्रास हाईकोर्टको ठाउँमा चेन्नई कर्पोरेसनलाई अनुरोध गर्नु पर्थ्यो। हामी आफ्नो गल्ती सुधार्ने छौं । साथै यसबाट हामी सिक्ने पनि छौं ’ भन्दै लेखेका छन् ।

गत साता रजनीकान्तको म्यारिज हल श्रीराघवेंद्र कल्याण मंडपमको ६.५ लाख रुपैयाँ प्रोपर्टी ट्याक्स जम्मा गर्न ग्रेटर चेन्नई कर्पोरेशनले नोटिस पठाएको थियो । ग्रेटर चेन्नईले पठाएको नोटिस अनुचित माग भन्दै रजनीकान्त अदालतमा रिट दायर गरेका थिए ।

रजनीकान्तले आफ्नो रिट निवेदनमा कोरोना महामारी र लकडाउनका कारण २४ मार्चदेखि म्यारिज हल बन्द अवस्थामा रहेको, कुनै कमाई नभएको भन्दै कुन आधारमा ट्याक्स मागिँदैछ भनेर प्रश्न गरेका थिए ।