विवादले कलाकारलाई घाटा लागेको हो ?
विवाद त कलाकारको जीवनको पाटो भयो । विवादमा को आउन्न र । तर, विवाद कस्तो थियो भन्ने कुराले पनि असर गर्छ भनेर वुझ्न सकिन्छ । विवाद भएपछि कलाकारलाई असर परेको छ, कतिलाई छैन । अभिनेता भूवन केसीसँगको विवादले साम्राज्ञी राज्यलक्ष्मी शाहलाई कुनै असर परेन । उनले फिल्म खेलिन् ।
तर, विवादको असर केही कलाकारमा देखियो । निर्देशक दीपाश्री निरौलाले महानायक राजेश हमालमाथि प्रश्न सोझाइन् । दर्शकले गाली गरे । अत्याधिक गाली आयो उनलाई । यो विवादले दीपालाई समस्या परेको छ ।
टीवीमा हिट भैरहेको मुन्द्रेको कमेडी क्लबको अध्यक्षको सिटबाट उनी हटिन् । उनी हट्नुको कारण यही थियो । विज्ञापन बजार र युटुब भिडियोमा गाली धेरै आउँछ भनेर निर्माताले उनलाई हटाएका हुन् । करिश्मा मानन्धर अध्यक्ष भइन् ।
दिपालाई फिल्ममा घाटा लाग्छ कि लाग्दैन, फिल्म चलेपछि थाहा होला । विवादको असर अभिनेत्री वर्षा राउतमा पनि देखिदैछ । वर्षाले नेपाल र भारतको सिमाना विवाद, नेपालको नयाँ नक्शा सार्वजनिकपछि आफूले भारतीय साथीसँग कसरी कुरा गर्नु भनेर भनिन् । यसले आलोचना भयो । वर्षाले माफी मागिन् । तर, दर्शकले विर्सिएका छैनन् ।
वर्षा नेपाली फिल्ममा चलेकी छिन् । उनले २ नम्बरी र के घर के डेरा फिल्म खेल्नु छ । लकडाउनपछि बन्ने फिल्मका लागि धेरै कलाकारको घरमा स्क्रिप्ट पुग्यो । वर्षालाई अफर गएन । अर्थ वुझौ, विवादले उनलाई घाटा लाग्यो ।
विवादको अवस्थाले घाटा लाग्ने हो । दिपा र वर्षाको विवाद अरुको भन्दा गम्भिर थियो । यस्तो गम्भिर विवादमा परेपछि करोडौ लगानी गर्न अघि सरिहाल्छ र को ?
प्रतिक्रिया