दीपक र इष्टुको अभिनयमा यस्तो बन्यो ‘सोच तिम्रो’
गायक राज सिग्देलको स्वरमा रहेको ‘सोच तिम्रो’बोलको गीत सार्वजनिक गरिएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो स्वरको जादुबाट छुट्टै पहिचान बनाएका गायक सिग्देलको यो गीत हालै ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
अमेरिकामा बस्दै आएका पदम विश्वकर्माले गीतका शब्द लेखेका छन् । लामो समयदेखि अमेरिकामै बसोबास गर्दै आएका पदमले थुप्रै गीतहरु रेकर्ड गराइसकेका छन् । यस गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा पदम आशाबादी देखिएका छन् ।
सार्वजनिक भएको गीतलाई राम कार्कीले संगीत भरेका छन् ।
यस गीतको भिडियोमा दीपक आचार्य ,इष्टु कार्कीका अलवा मुना सिलवाल र प्रसन पोखरेलले पनि अभिनय गरेका छन् । दीपक आचार्यले नेपालको लोकप्रिय हाँस्य टेलिशृंखला ‘सक्कीगोनी’का काकुको उपनामले चर्चामा रहेका छन् । त्यस्तै इस्टु अर्को लोकप्रिय हाँस्य टेलिशृंखला ‘हल्का रमाइलो’को कलाकार रहेकी छन् । सुरेश थापाले भिडियोलाई निर्देशन गरेका छन् । सागर गौतमले खिचेको भिडियोलाई अभिनायक सेरचनले सम्पादन गरेका छन् ।
प्रतिक्रिया