नम्रताको धेरै माया
नम्रता श्रेष्ठलाई फिल्म नचल्दा कसले देख्छ र भेट्छ होला । जाइरा रिलिज हुँदा उनी नपुगेको ठाउँ थिएन । अहिले उनको अनुहार भेट्न संचारमाध्यम र दर्शकलाई गाह्रो छ ।
नम्रता शान्त र प्रकृतीसँग रमाउन चाहने अभिनेत्री हुन् भनेर भनौ । अरु, धमाधम काम गरिरहँदा उनी लुक्ला पुगिन् । लुक्लाको चिसो हावामा नम्रताले आफूलाई भिजाइन् । शान्त मन छ उनको ।
कामको दबाब नलिने बानी छ उनको । शान्त भएर बस्न पाए कामको दबाब किन चाहिने हो र । नम्रता जहिले पनि फोटो राख्दा धेरै माया लेख्ने गर्छिन् । दर्शकलाई धेरै माया उनको । दर्शकसँग जोडिन कसैले नम्रतासँग सिक्न पर्ला नी है ।
नम्रता श्रेष्ठ मुस्कानले नै जीवनलाई सुन्दर बनाउने विचार राख्छिन् । यही भएर उनी सधै मुस्कुराएकी हुन्छिन् ।
प्रतिक्रिया