नेहालाई छोडेर श्वेतासँग विहे गर्दै आदित्य नारायण
गायक उदित नारायणका छोरा एवं गायक आदित्य नारायण विवाह बन्धनमा बाँधिदै छन् । आदित्यले प्रेमिका तथा अभिनेत्री श्वेता अग्रवालसँग विहे गर्न लागेका हुन् । अभिनेत्री श्वेताले दक्षिण भारतीय फिल्ममा प्रभास तथा किच्चा सुदीपजस्ता कलाकारसँग अभिनय गरिसकेकी छन् ।
आदित्यको श्वेता भन्दा अघि विहे गायिका एवं इण्डियन आइडलकी जज नेहा कक्करसँग हुने बताइएको थियो । यता उनको विहेको हल्ला चलिरहँदा उता आदित्यले १० वर्षदेखि श्वेतासँग प्रेम सम्बन्धमा रहेको बताएका छन् । भारतिय सञ्चारमाध्यमका अनुसार १० वर्षको सम्बन्धलाई विहेमा परिणत गर्न दुबैका परिवार राजी भएको जनाएका छन् ।
१० बर्ष अगाडी आदित्यले श्वेतासँग फिल्म ’शापित’को सेटमा भेटेका थिए । उनीहरु एकअर्काबीच यसै फिल्मको सेटबाट एकअर्कालाई मन पराउन थालेको थिए । भारतिय मिडियाका अनुसार आदित्यले नोभेम्बर वा डिसेम्बरमा विहे गर्ने समय तोकेका छन् । ‘मेरा माता पिता श्वेतालाई निकै चाहन्छन् र राम्रोसँग चिन्छन् पनि। विहे एउटा औपचारिकता हो। जो दुबै परिवारको सल्लाहमा यसै वर्षभित्र हुनेछ,’ आदित्यले भने ।
नेहासँग विहे गर्ने भनिएको समाचार बाहिर आएपछि आदित्यले नेहासँगको विहेको कुरा अफवाह भएको बताएका छन् । उनले त्यसलाई एक मजाक रहेको स्पष्ट पारेका छन् । ‘त्यो सबै एक मजाक थियो। शो को पटकथाअनुसार चलेको थियो । तर केही मानिसले धेरै नै सोचे । यी कुरामा कुनै सत्यता छैन,’ उनले भने।
यता नेहाले कुनै प्रतिक्रिया दिएकी छैनन् । आदित्यसँग विहे गर्ने केहि साल अगाडीबाट नै हल्ला थियो । नेहाले रोहनप्रीत सिंहसँग विहे गर्न लागेको कुरा बाहिर आएको केहि दिनमै आदित्यले विवाहको घोषणा गरेका हुन् । अस्तिको दिन नेहाले आफ्नो आधिकारिक इन्स्टामार्फत रोहनप्रीतसँगको तस्विर सेयर गरेकी थिइन् ।
प्रतिक्रिया