निर्मला पन्तको जीवनमा आधारित फिल्म ‘ कोपिला ’ रिलिज
केही समय अघि निर्मला बलात्कार काण्डमा आधारित भएर निर्माण भएको फिल्म कोपिला ओएसआर डिजिटलको दामी म्युजिकएपमा रिलिजभएको छ । bकेही समय अघि डिस होममा रिलिजभएको फिल्मशुक्रवारबाट मोबाईल थिएटरमा रिलिजभएको हो । कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आधारित भएर बनेको फिल्म ‘कोपिला’ को शुक्रवार दामी म्युजिकएपको मोबाईल थिएटरमा दैनिक ४ शो रिलिजभइरहेको छ ।
प्रति टिकट ७५ रुपैया कायम गरिएको मोबाईल थिएटरमा मोबाईल थिएटरको हल वानमा कोपिला रिलिज गरिएको छ । ओ.एस.आर डिजिटल संगको सहकार्यमा सञ्चालीतदामीम्युजिकएपको मोबाईल थिएटरमा ४ वटा पर्दा रहेको छ । हरेक शुक्रवार नयाँफिल्म यसमा निरन्तर रिलिज हुनेछ । एक पटक टिकट काटिसकेपछि ७२ घण्टाभित्र फिल्म हेर्नु पर्नेछ । अन्यथा अर्को टिकट काट्नु पर्ने दामी म्युजिक एपको नियम छ । यो आर्काइभ थिएटर भन्ने हैन । हलमा जस्तै यसमा शो अनुसार फिल्मचल्ने गर्छ ।
दामी म्युजिक एप डाउनलोड गरि आफुलाई मन परेको फिल्म विभिन्न ईलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम इसेवा, खल्ति, आइएमई पे, र एनसेल तथा नमस्तेको सिमबाट पनि हेर्न सकिने व्यवस्था छ । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मलाई सबैले राम्रो बनेको प्रतिक्रियादिएका छन् । फिल्ममा कलाकारहरु गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय रहेको छ ।
फिल्ममा निर्मलाको भूमिकामा संजीवनीले अभिनय गरेकी छिन् । यो उनको डेब्यू फिल्म भए पनि दर्शकले उनको अभिनय रुचाएका छन् । त्यस्तै, आमाको भूमिकामा रहेकी सरिता गिरीको अभिनयको पनिप्रशंसा भएको छ । ‘कोपिला’ मा निर्मलापन्तको हत्यारा पत्तानलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, दिपक शर्माको संगीत र समिर मियाँको सम्पादन रहेको छ ।
प्रतिक्रिया