बलियो बन्न खोजेका प्रदिप


बलियो कसरी बन्ने होला । के गर्न पर्छ बन्न । जीम जान पर्छ । कलाकार भएपछि बलियो बन्न जीम जाने कि अभिनय सिक्न जाने ।

प्रदिप खड्का अभिनेता हुन् । उनी, फिल्म हिटको खोजीमा लागेका छन् । दुई फिल्म फ्लप, करिअर धरमर । अब बलियो बनाउनपर्छ । नत्र समस्या पर्न सक्छ । वुझेरै होला यो कुरा उनले ।

प्रदिप खड्का पोखरामा छन् । पोखरामा उनी निर्देशक तथा कलाकार अनुप बरालसँग अभिनय सिक्दैछन् । ३ महिना एक्लै अनुपसँग अभिनयको गम्भिर कोर्स सिक्दैछन् ।

प्रदिप अभिनय राम्रो गर्ने कलाकार । अझै बलियो बन्न हो यो मिहिनेत । ३ महिना कसैसँग नजोडिइकन उनी अभिनय सिक्दैछन् । उनको अभिनयमा निखार आउनेछ । प्रदिप अझै बलियो बन । जीम गरेर मात्र होइन, अभिनय पनि सिकेर । प्रदिपको यो सिकाई फिल्ममा देखिनेछ ।