प्रिन्सको पाँचौँ गीत ‘सडकबत्ती हेरिहेरी पाइला उचालौं’
बालगायक प्रिन्स सिलवालको गीत ‘सडक बत्ती हेरिहेरी पाइला उचालौँ’ राजधानीमा छायाँङ्कन गरिएको छ । गीतले बिषेश गरि ट्राफिक सचेतनाको विषयमा केन्द्रित रहेको छ । यो उनको पाँचौँ प्रस्तुति रहेको छ । गीतमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा अभिनय गरेका पोखरेलले नागरिकलाई ट्राफिक सन्देश प्रवाह गर्न श्रव्यदृष्यसहितको गीत उपयुक्त माध्यम भएको बताए । त्यस्तै महाशाखा प्रमुख ढकालले ट्राफिक सचेतना जागृत गराउन उक्त गीत सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
गीत भिडियोलाई रमेश पाठकले निर्देशन गरेका छन् । दशैँअघि नै गीतको भिडियो सार्वजनिक गर्ने तयारी भएको प्रिन्सका बुबा रमेश सिलवालले जानकारी दिए । प्रेम घिमिरेको सङ्गीत र नवीनबाबु गुरुङको छायाङ्कन रहेको गीतमा गायक सिलवालसहित बाल कलाकार आर्यन पौडेल, संहिता सिलवाल, उत्कृष्टा थपलिया, सम्पन्न सिलवाल, मिराज ढकाल, पार्शव भट्ट, युमिसा लामिछाने र शशि गुरुङकोसमेत अभिनय छ। अतिथि कलाकारमा प्रहरी निरीक्षक दामोदर भट्ट, कृष्ण रसाल र नवीना केसी, सरिता भुजेल छन्। गायक सिलवालले ‘बाबा’ ,‘माया लाग्छ नेपालको’, ‘दशैँ मनाउने हो’, ‘न मानामा नापिन्छ माया’ जस्ता गीत बजारमा ल्याइसकेका छन् ।
प्रतिक्रिया