कंगना र स्वराबीच ट्वीटर वार, राम भक्त हुँ, प्राण जोओस् तर वचन खेर जाँदैन
बलिउड अभिनेत्री कंगना रनौत अभिनेता सुशांत सिंह राजपूतको मृत्यु भएदेखि नै इन्ड्रष्टीका बारेमा धेरै प्रकारका खुलासे गर्दैछन् आईरहेकी छिन्। नेपोटिज्मदेखि लिएर ड्रग्स एगंलसम्म, कंगनाले सबै कुरामा आफ्नो राय व्यक्त गर्छिन्। कंगनाले सुरुदेखि नै भदै आइरहेकी छिन् कि सुशांतको मृत्युको पछाडि कुनै न कुनै षडयन्त्र छ।
उनले जस्टिस फर सुशांत अभियानको कडा समर्थन गर्दै लामो समय सम्म ट्विटरमा मुद्दा उठाउँदै आइरहेकी छिन्। त्यहि समयमा सुशान्त केसमा मिएम्सका डाक्टरले उनको रिपोर्टमा हत्याको एंगल खारेज गर्दा कंगनालाई सोशल मीडियामा धेरै ट्रोल गरिएको छ।
अभिनेत्री स्वरा भास्करले कंगना रनौतमा कडा टिप्पणी गरेकिछन्। स्वराले कंगनामा अप्रत्यक्ष रूपमा टिप्पणी गर्दै ट्वीट गरेर लेखेकी थिइन्, “अब सीबीआई र एम्स दुबैले सुशांतको आत्महत्याको कारण मृत्यु भएको निष्कर्ष निकालेका छन्। केही-केहि व्यक्तिहरू सरकारलाई उनीहरूका पुरस्कार फिर्ता गर्न गइरहेका थिए ।”
वास्तवमा, कंगनाले एक अन्तरवार्तामा भनेकी थिइन, कि यदि उनी सुशांतको मृत्युको बारेमा आफ्नो दाबी प्रमाणित गर्न असफल भए भने म पद्मश्री पुरस्कार फिर्ता गर्ने छु। यति मात्र होइन, कंगनाले बलिउडको ुनेपोटिज्म गिरोहु लाई कडा निशाना गरे र सुशांतको हत्या भएको बताए थिइन्।
यती बेला अभिनेता परिवारले सुशान्तका विषयमा दिल्लीको एम्स रिपोर्ट माथी पनि प्रश्न उठाएका छन्। त्यसतै उनका वकिल विकास सिंहले पनि नयाँ फोरेंसिक टोली गठन गर्न माग गरे छन्। विकास सिंहले भने कि एम्सको रिपोर्टले मृत्यु झुण्डिएकै कारण भन्न सक्छ, तर टोलीले यो कसरी आत्महत्या हो भन्न सक्दछ, अनुसन्धान र प्रमाणको आधारमा निर्णय गर्ने सीबीआईको अधिकार छ ।
उनकी प्रेमिका रिया चक्रवर्तीमाथि आत्महत्या दुरूत्साहन गरेको तथा उनको पैसा हिनामिना गरेको आरोपमा सुशान्तका बुबाले उजुरी दिएका थिए। तर, अनुसन्धानको क्रममा आत्महत्या नै ठहरिएको थियो।
कंगनाको बयानः
सोसल मिडियामा दिनभरी कंगना रनौता अवार्ड फिर्ता गर ह्याशट्याग ट्रेन्ड भइरह्यो । पछि कंगनाले पनि यो मुद्दामा जवाफ फर्र्काएकी छिन् ।
कंगनाले पनि स्वराको ट्वीट्सको प्रतिक्रिया दिएका छन् । कंगनाले भनेकी छिन्, ‘यदि मैले एउटा पनि गलत आरोप लगाएको भए, म सबै पुरस्कार फिर्ता गर्नेछु । यो एक क्षेत्रीको बचन हो । ’ कंगनाले आफ्नो अन्तरवार्ता सेयर गर्दै लेखेकी छिन्, ‘यो मेरो अन्तरवार्ता हो, यदि तपाईंको स्मरणशक्ति कमजोर छ भने यसलाई फेरि हेर्नुहोस् । यदि मैले एउटा पनि गलत आरोप लगाएकी छु भने म आफ्नो सबै पुरस्कार फिर्ता गर्नेछु, यो एउटा क्षेत्रीको बचन हो । म भगवान रामकी भक्त हुँ । प्राण जाला तर वचन जाँदैन । जय श्री राम ।’
प्रतिक्रिया