सरकार फिल्मी मजदुरका आवाज सुन
चैत्र ११ गतेबाट भएको हो लकडाउन । लकडाउन भएको ६ महिना पुरा भैसक्यो । फिल्म लकडाउन भएपछि हजारौ मजदुर वेरोजगार भए । हलमा काम गर्ने मजदुर सबैभन्दा बढी चपेटामा परेका हुन् ।
चपेटमा उनीहरु जस्तो को पर्यो त खै । लकडाउन दुइपटक खुलिसक्यो । सरकारले लकडाउन खुकुलो बनाएर सबै कुरा खोलिसक्यो । फिल्म क्षेत्र खोल्ने कुरा छैन ।
लामो दुरीको यातायात,हवाई यातायात, ५० जना जती जम्मा भएर भैरहेको भिडियोको सुटिङबाट सरकारर्लाइ कोरोना सर्छ भनेर लागेको छैन । तर, फिल्मको सुटिङ गर्दा कोरोना लाग्छ, हल खोल्दा कोरोना लाग्छ भन्ने लागेको होला ।
सरकारले हल खोल्ने कुरा गर्दैन । दबाब पनि दिइरहेका छन् । चलचित्र विकास बोर्डले राहतको प्याकेज ल्यायो । जसले हल खुलेको ६ महिना भित्र फिल्म चलाउने हो, उसलाई राहतै राहत दिने कुरा भनेर बोर्डले लोभ्यायो ।
तर, बोर्डको लोभले फिल्म चलाउने तयार भएनन् फिल्म बनाउनेहरु । किनकी, १० लाखको लोभमा करोडौ डुबाउन को हुने हो र तयार ।
सरकारले फिल्ममा काम गर्ने मजदुरको आवाज सुनेको छैन । सबै क्षेत्र फर्किएका छन् काममा । फिल्म कहिले होला नी खै । हल चलाउनेहरुले पनि हल खोल, हामी करोडौ घाटामा गएका छौ भनिसकेका छन् । सुन्दिने कसले हो थाहा भएन ।
सरकारलाई दबाब पुगेन कि सरकारले सुनेन । सरकार मजदुरको आवाज सुन । के फिल्ममा काम गर्ने मजदुर मजदुर नभएका हुन् कि के हो ?
प्रतिक्रिया