‘गाउँमै मनाऔँ दशैंँतिहार’ सार्वजनिक

लोकगायक राजु परियार र शान्ता कार्कीका स्वरमा “गाउँमै मनाऔँ दशैंँतिहार” गीति भिडिओ सार्वजनिक गरिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा गीतका माध्यमबाट सुखदुःख आदानप्रदान गर्न रचना गरिएको गीतका रचयिता जीवन प्याकुरेलले बताए । “मनका कुराहरु व्यक्त गर्ने बलियो माध्यम गीत हो”, उनले भनेकाछन् ।

रिमेशकुमार थापाले निर्माण गरेको भिडिओको गीतमा लयसङ्गीत रिमेशकुमार, सङ्गीत संयोजन विजय थापा र मिक्सिङ÷मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।

विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अभिनय टीका जैसी, ध्रुव हिमाली र दिनेश केसी, छायाङ्कन अमन बडु र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।

गीतको भिडियो डिएआर मुभिजको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ ।