यही महिनाको अन्तिममा अभिनेत्री काजल अग्रवाल बैबाहिक जीवनमा बाँधिदै, को हुन दुलाहा?

बहुचर्चित दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालले चाँडै विवाह गर्ने तय भएको छ। काजलका लागि परिवारले केही समयदेखि उपयुक्त बर खोजिरहेका थियो। हाल प्राप्त भइसकेको उनले सामाजिक सञ्जाल मार्फत् बताएकी छिन्।

अभिनेत्री काजल अग्रवाल यसै वर्ष (२०२०) बैबाहिक जीवनमा बाँधिने भएकी छन् । उनी स्वयंले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूले विजनेशम्यान गौतम किचलूसँग विवाह गर्न लागेको जानकारी दिएकी छन् । उनले विवाहको मिति पनि सार्वजनिक गरेकी छन् । उनका अनुसार, आउँदो ३० अक्टोबरका लागि विवाहको मिति तय गरिएको छ ।

उनको विवाह मुम्बइमा हुनेछ। कोरोनाका कारण विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यको मात्र उपस्थिति रहनेछ ।

विवाहको बारेमा जानकारी दिँदै उनले भनेकी छन्, ‘यो महामारीले हाम्रो खुसीलाई प्रभावित गरेको छ तर हामी आफ्नो जीवनलाई एकसाथ सुरु गर्नका लागि उत्साहित छौं । म विश्वस्त छु कि तपाईंहरु पनि खुसी हुनुहुन्छ ।’

काजललाई साउथकी सबैभन्दा सुन्दरी अभिनेत्री भन्ने गरिन्छ । विगत १६ वर्षदेखि फिल्म क्षेत्रमा रहेकी काजलले ‘क्यु हो गया ना’बाट अभिनय यात्रा थालेकी थिइन्। त्यसपछि दक्षिण भारतीय फिल्मतर्फ लागेकी हुन्।

अभिनय करिअर उनले साउथसँगै बलिउड फिल्ममा पनि राम्रो पहिचान बनाएकी छन् । १९ जून १९८५ मा जन्मिएकी उनले साउथका अधिकांश ठूला अभिनेतासँँग काम गरिसकेकी छन् । सन् २००७ मा आएको फिल्म ‘लक्ष्मी कलयाणम’ को सफलताले उनको करिअर उत्कर्षमा पुगेको थियो ।

काजलको करिअरको सबैभन्दा ब्लकबस्टर फिल्म ‘मगधीरा’ हो । यो फिल्मको सफलताले उनलाई साउथ इन्डस्ट्रीमा सुपरस्टारको लाइनमा उभ्याएको थियो ।

दक्षिणमा उनी सफल भइन्। कोरोना महामारीभन्दा अगाडि ‘इन्डियन २’ को छायांकनमा व्यस्त रहेकी उनी अजय देवगनसँग सन् २०११ मा फिल्म ‘सिंघम’ मा देखिएकी थिइन् । बलिउडमा उनको ‘सिघंम’ चर्चित छ ।

उनले जोन अब्राहमसँग हिन्दी फिल्म ‘मुम्बई सागा’ मा पनि काम गरेकी छन्। यसबाहेक ‘स्पेशल २६’ ‘दो लफ्जों की कहानी’ जस्ता हिन्दी फिल्ममा काम गरेका छन्।

 

View this post on Instagram

 

♾??

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on