फिल्म क्षेत्रमा कोही आत्तिए, कोही सुस्ताए


अभिनेता र निर्माता हुन् दीपकराज गिरी । ३ वटा फिल्म धेरै चलेको रेकर्ड उनीसँग छ । दीपकराजले यो बर्ष फिल्म नबनाउने बताएका छन् ।

दीपकराज गिरीले फिल्म सुरु गर्न हुन्न पनि भने । यी हिट फिल्म दिने निर्माताले फिल्म बनाइदिएको अवस्थामा अरु निर्माता पनि जोसिन्थे भनेर सोच्न अब भएन । किनभने, दीपकले आफूले फिल्म नबनाउने बताए ।

उनले, फिल्म बनाउने माहोल छैन भने । दर्शकले मनोरञ्जन नखोजेको, कोरोना नसकिएको, दर्शकको हात मुख जोड्ने समस्या भएको भनेर पन्छिए । दीपकराजले फिल्म बनाउदैनन् अहिले ढुक्क भए भयो ।

अभिनेता राजेश हमाल, रमेश उप्रेती जस्ता कलाकारको पनि कुरा यही छ है । उनीहरु पनि कोरोनाको समस्या नसकिएसम्म फिल्म सुचारु गर्ने सोचमा देखिएनन् । लकडाउन र कोरोना सकिएपछि हमाल पनि फिल्म निर्देशन गर्छु भनेको भनै छन् । गर्लान् कि नगर्लान् भनेर कुरेर बसौ ।

दीपकराज गिरी, राजेश हमाल, रमेश उप्रेती जस्ता नाम चलेकै कलाकारले फिल्म बनाउने मुड बनाएनन् ।

मुडमा त रोकिएका फिल्मका निर्माता छन् । नयाँ बनाउने निर्माता पनि छन् । सरकारले छायांकन सुरु गर्न अनुमती दिए त गैहाल्थ्यौ छायांकनमा भनेर बसेका छन् ।

सुनिलकुमार थापा, दीपेन्द्र के खनाल जस्ता नाम चलेका निर्माता पनि छन् । कृष्णलिला, हिड्दा हिड्दै जस्ता फिल्म पनि छन् ।

कोही दर्शक आउँछन् अहिले फिल्म बनाए भनेर कस्सिएका छन् । नाम चलेका कलाकार र ब्यानरका मानिस चिस्सिएका छन् । फिल्म क्षेत्र सुरु हुने चै कहिले हो ? थाहा त कसैलाई छैन ।