निर्माताको गफ मात्र


निर्माता सुनिल कुमार थापा फिल्म ए मेरो हजुर ४ नभ्याएर दिक्क भएका हुन् कि के हो ? सुनिललाई फिल्मको काम सुरु गरिहाल्न मन लागेको रहेछ । तर, उनले सुरु गरौ भनेर नहुने । सरकारले काम गर्न अनुमती दिएको होइन ।
हप्ता दिन अघि त उनले सुरु गर्छु भनेर आटे । शुक्रबारदेखि काम सुरु भनेर संचारमाध्यममा समाचार दिए ।

सबै खुशी भए । नामै चलेको फिल्मका निर्माताले काम गरे अरुले पनि गर्न पाइन्छ कि भनेर आशा राखेका हुन् ।

आशाले पनि केही नहुने रहेछ । अहिले फेरि काम सुरु भएन । सुनिल सरकारले अनुमती नदिएसम्म त नगर्ने काम भनेर बसेका छन् । सुनिललाई सरकारले अनुमती नदिएसम्म काम गर्दा जोखिम किन गर्नु भन्ने लागेको हो ।

यस्तो लागेको थियो भने पहिले शुक्रबारदेखि भनेर किन फुकेका उनी । थाहा थियो होला त सरकारले अनुमती दिन्न भनेर । किन समाचार आए हुने हो ?