सामाजिक सञ्जाल ट्विटरमा अक्षय कुमारको ‘लक्ष्मी बम’ बहिष्कारको अभियान
सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणबाट ब्युँतेको नेपोटिजमका कारण महामारीकै बीच रिलिज भएका चलचित्र ‘सडक २’, ‘खाली-पीली’ को चर्को विरोध भयो ।
अझै चलचित्र ‘सडक २’ को ट्रेलरलाई सुशान्तका प्रशंसकले सबैभन्दा डिस्लाइक पाउने ट्रेलर बनाउने अभियानै चलाए । यस्तैमा अहिले अभिनेता अक्षय कुमारको चलचित्र ‘लक्ष्मी बम’ पनि सुशान्तका प्रशंसकको निशानमा आएको छ ।
सामाजिक सन्जालमा ‘लक्ष्मी बम’ लाई बाइकट गरिएको छ भने फिल्म रिलिजमा प्रतिबन्ध लगाउन माग गरिएको छ । सुशान्तको मृत्यु प्रकरणबाटै फैलिएको लागुऔषध मुद्दा, सुशान्तको मृत्यस प्रकरणबारे अक्षयले हालै ट्विटरमार्फत आफ्नो विचार पोखेका थिए ।
अक्षयले भिडियोमा बलिउडकर्मीकै साथ दिएको भन्दै सुशान्तका प्रशंसक अक्षयसँग रिसाएका हुन् । हालै सुशान्तको आत्महत्या नै भएको भन्ने अन्तिम रिपोर्ट सार्वजनिक भएको थियो । तर सुशान्तका परिवारदेखि प्रशंसक पनि यो रिपोर्टको विरोध गरिरहेका बेला अभिनेता अक्षयले सुशान्तको मृत्यु प्रकरणमा भएको अनुसन्धान विश्वाससलो भएको भन्दै प्रतिक्रिया दिएका थिए । जसकारण उनीहरुले अक्षयको चलचित्र रिलिजमै रोक गाउने अभियान चलाएका हुन् ।
सोही पश्चात ट्विटरमा अक्षयको ‘लक्ष्मी बम’ प्रतिबन्ध लगाउने अभियानै सुरु भएको हो । ट्विटर प्रयोगकर्ताले ह्यासट्याग ब्यानलक्ष्मीबम भन्दै ट्विट गर्न थालेका छन् । ट्विटर प्रयोगकर्ताहरु अक्षयको चलचित्र बहिष्कार गर्नुपर्छ भन्दै लागिरहेका छन् । – एजेन्सी/ नवभारत टाइम्स
Bahot dino se mann mein kuch baat thi lekin samajh nahi aa raha tha kya kahoon, kisse kahoon. Aaj socha aap logon se share kar loon, so here goes… #DirectDilSe ?? pic.twitter.com/nelm9UFLof
— Akshay Kumar (@akshaykumar) October 3, 2020
प्रतिक्रिया