अक्टोबर १५ बाट फिल्म हल खुल्दै , आधा दर्शक राख्न आग्रह
भारतमा फिल्म हल खुल्ने भएको छ । कोरोना भाइरसका कारण भारत केन्द्र सरकारले लकडाउन लगाएपछि फिल्महल बन्द रहेका थिए । सरकारले गत महिना फिल्म छायाँङ्कनको अनुमती दिएको थियो । त्यसको एक महिनापछि फिल्म हल खुलाउन आदेश दिएको छ । गृह मन्त्रालयले पाँचौ चरणमा जारी भएको निर्देशिकामा फिल्म क्षेत्रलाई राहत दिने निर्णय भएको हो । अक्टोबर १५ देखि फिल्ममा ५० प्रतिशत दर्शक राखेर मात्र हल सञ्चालन गर्न भनिएको छ ।
फिल्म ‘शुभ मंगल ज्यादा सावधान’, ‘बाघी ३’, ‘लभ आजकाल’ लगायत फिल्म प्रदर्शन हुँदा हुदै कोरोना भाइरसको संक्रमरण रोक्न सरकारले लकडाउन गर्यो । जसका कारण फिल्म एकाएक प्रभावित भए भने हलहरू प्रभावित बने । भारतकै महाराष्ट्र सरकारले फिल्म हल तत्काल नखुलाउन आदेश दिएको छ । महाराष्ट्र सरकारले आगामी अक्टोबर ३१ भन्दा अगाडी फिल्म नखोल्न निर्देशन दिएको छ । भारतमा केहि निर्माताहरुले डिजिटल सिस्टमबाट फिल्म प्रदर्शनमा ल्याइसकेका छन् ।
उनीहरुले अव कोरोना भाइरसको संक्रमण तत्काल नरोकिने भन्दै डिजिटल सिस्टमबाट प्रदर्शनमा ल्याएका थिए । थोरै निर्माता मात्रै फिल्म हल पर्खेर नै फिल्म प्रदर्शन गर्ने मुडमा देखिएका थिए । प्रतीक्षारत् फिल्महरूमा ‘८३’, ‘सूर्यवंशी’ लगायत रहेका छन् । जो हल कुरेर बसेका छन् । फिल्म हल चल्ने वितिक्कै दर्शक हलमा आउँछन् की आउँदैनन् भन्ने कुरामा हलवाला दुविधामा रहेका छन् ।
प्रतिक्रिया