यौन उत्पीडनको आरोप लागेका निर्देशकलाई बोलायो प्रहरीले
बलिउडकी एक अभिनेत्रीलाई यौन उत्पीडन गरेको आरोपमा निर्देशक अनुराग कश्यपलाई मुम्बई प्रहरीले कार्यलयमा उपस्थित हुन अनुरोध गरेको छ । अनुरागलाई प्रहरी कार्यालयमा आज बिहानको ११ बजे उपस्थित हुुन आग्रह गरेको हो ।
२०१३ मा आफ्नै आवासमा अभिनेत्रीलाई बोलाएर यौन उत्पीडन गरेको आरोप उनीमाथि आरोप छ । केहि दिन अघि उनी विरुद्ध मुम्बईको वर्सोवा प्रहरी कार्यालयमा मुद्दा पनि दर्ता भएको थियो । करिव एक महिना अभिनेत्री साउथकी पायल घोषले २०१३ मा आफुमाथि उनकै घरमा यौन उत्पीडन गरेको आरोप सामाजिक सञ्जाल र अन्र्तवार्तामा बोलेकी थिइन ।
त्यसैको आरोप लगाउँदै ८ बबर्ष पछिछ वर्सोवा प्रहरी स्टेशनमा अनुरागविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । यता निर्देशक अनुराग र उनका वकिलले आफुमाथी लागेको आरोप निराधार रहेको बताएका छन् । अभिनेत्री पायलले अनुरागलाई पक्राउ नगरे भोक हड्ताल गर्ने चेतावनी समेत दिएकी छन् ।
प्रतिक्रिया