कस्तो देखियो त करिश्माको फोटो ?

फेसबुकमा फोटो अपलोड गर्न अभिनेत्री करिश्मा मानन्धर अघि छिन् । दैनिक कुनै फोटो उनको आइरहन्छ । करिश्मालाई फोटो कस्तो समयमा कस्तो आउँछ भन्ने पनि थाहा छ ।

करिश्मालाई हजार कोशिश गरेपनि फोटो राम्रो आउनका लागि मन प्रशन्न छैन भने नराम्रो आउने रहेछ भन्ने लागेको छ । आँखा र मन नहासी फोटो र संसार सुन्दर नआउने उनको भनाई छ । मनदेखि उत्पन्न हुने भावना नै हाम्रो व्यवहार र व्यक्तित्वमा प्रतिनिधित्व हुन्छ भन्ने करिश्माको कुरा छ ।

करिश्माले राखेका फोटोमा सधै सकारात्मक प्रतिक्रिया र सुन्दरताको कुरा हुन्छ । करिश्मा मानन्धरको सामाजिक संजालमा मनमा लागेका भावना व्यक्त गर्छिन् ।

करिश्माले खिचाएको फोटो मन प्रशन्न भएको बेलाको रहेछ या अरु बेलाको ? फोटो हेरर भन्ने काम पाठकको ।