चलचित्र विकास बोर्डले गर्यो ‘स्टोरी बैंक’को स्थापना
चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । मौलिक फिल्मका कथालाई विशेष प्राथमिकता राखेर ‘स्टोरी बैक’ स्थापना गरिएको हो । यो बैंकका लागि प्राप्त भएका फिल्महरु मध्येबाट प्राप्त ५ वटा मौलिक फिल्मलाई राज्यले सुविधा दिने बताइएको छ । मौलिक छनोटमा नपरेका फिल्मलाईपनि कसैले लगानी गर्न चाहेको खण्डमा राज्यले केही सुविधा उपलब्ध गराउनेछ ।
सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेको थियो । जस अनुरुप स्टोरी बैकको स्थापना भएको हो ।
बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठन भएको मस्यौदा समितीले बैंक स्थापना गरेको हो । समितीको सह–संयोजकमा नवल खड्का र सदस्यहरुमा विकासराज आचार्य, रविन्द्र रञ्जन झा, फुलमान वल, दीपेन्द्र के खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ र गिरीश शर्मा छन् । ११ सदस्य रहेको मस्यौदा समितीले ‘स्टोरी बैंक कार्यविधी २०७७’ पनि तयार पारेको छ । यो बैंक स्थापना भएपछि सरकारले मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने विश्वास चलचित्रकर्मीको छ ।
प्रतिक्रिया