दर्जन फिल्म रिलिजको लागि तयार, तर हल खाली
हल बन्द हुनु भन्दा अघिको कुरा हो । म यस्तो गीत गाउँछु २ को प्रचार सकिदै थियो । लक्का जवान, निरफूल, हिजोआजका कुरा, प्रेमगीत ३, चपली हाइट ३ का गीत आइसकेका थिए । हलमा रिलिज हुन ठिक्क परेको म यस्तो गीत गाउँछु २ रोकियो । अरु, फिल्मको त कुरा नै भएन । सबै रोकिए । रोकिएको ७ महिना भएको छ । कहिलेसम्म रोकिने हो थाहा भएन ।
हल बन्द, काम ठप्प भएपछि रोकिएका फिल्मले काम पुरा गरे । कतिले गर्दै होलान् । सरकारले हल खुलाउने संकेत दिएको पनि छ । संकेत आएपछि चहलपहल बढेको छ ।
हल खुलेपछि फिल्म क्षेत्र खुल्छ । नखुले बन्द जस्तै भयो । हल खुलेपछि दशैंमा अहिलेसम्म भएको जोखिम थोरै भए पनि पुर्ती गर्न सकिएला भनेर प्रदर्शकले सोचेका छन् । फिल्म देउ दशैंमा भन्न थालेका छन् निर्मातालाई । सबैले यसै भनेका छन् । ७ महिनाको भरपाई गर्न सजिलो भएन पनि ।
फिल्म चलाउनका लागि हल संचालक तातिएका पनि छन् । तर, निर्माता तातिएनन् । हल खोल्ने वित्तिकै दर्शक कहाँ आउछन् र । कोरोना बढेको छ । लकडाउन फेरि हुन्छ भन्ने चर्चा भयो अर्कोतिर । यो डरमा फिल्म कसले रिलिज गर्ने ।
फिल्म खुले सुटिङमा जान पाइन्छ भन्ने छ धेरैलाई त । तर, रिलिजका लागि तयार भएका छन् फिल्म । तर, रिलिज हलमा हुने कुरा भएन ।
सबै निर्माता सुरक्षित लगानीको खोजीमा छन् । हलवालाले चहलपहल बढाउनका लागि फिल्ममाथि जोखिम मोलेर किन्ने हो कि । निर्माताले एमजी, नाफाको ग्यारेन्टी माग्न थालेका छन् ।
हलले यो नदिएको फिल्म चल्दैन । यो दिए हल चल्दैन । समस्या छ । कसले रिक्स मोल्ने हो र खै ।
फिल्म छन् रिलिजका लागि प्रशस्त । तर, रिलिज गर्ने माहोल भएन भनेर निर्माता बसेका छन् । बल त प्रदर्शकको ठाउँमा देखियो । हल चलाउन केही घाटा सहेर पनि चहलपहल बढाउने हो कि ? नत्र, फिल्म विना हल खोलेर अर्थन न बर्थ । विदेशी फिल्म पनि छैन । गर्ने के हो ?
प्रतिक्रिया