महिला हिँसा विरुद्धको कथामा ‘तलाश’ निर्माण

पुर्वका विभिन्न ठाउँमा फिल्म ‘तलाश’ निर्माण भइरहेको छ । लकडाउनको केहि साम्य हुनासाथ फिल्म छायाँङ्कन थालिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा समसामयिक विषयमा आवाज उठाएर निर्माण गरिएको लेखक तथा निर्देशक दिनेश लिङ्देनले बताएका छन् । उनले पछिल्लो समयमा नेपालमा महिला हिंसा बढ्दो रहेकाले त्यसका विरुद्धको कथा फिल्ममा देखाइने बताए । उनका अनुसार फिल्मको रिलिज मिति केही समय पछि सार्वजनिक गरिनेछ ।

फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्ममा एलिना बासकोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिवाङ, बबिता फोम्बो, विमल ढुङ्गेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण किराती राई, दावा शेर्पा, सागर केरुङ, पुन्य ओझा, रिना केसी र मिङ्मा शेर्पाको अभिनय रहनेछ । दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन रहने फिल्ममा रोशन बान्तवाको संगीत, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य तथा नरेन्द्र सेन्दाङ र दिनेश लिङ्देनको गीत छ ।