अभिनेता सोनु सुदलाई (यूएनडिपी) अवार्ड

बलिउड अभिनेता सोनु सुदलाई यूनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम (यूएनडिपी)ले अवार्ड प्रदान गरिएको छ । अभिनेता सोनुले लकडाउनका समयमा सडकमा आएकी एक महिला र दुइ छोरालाई घर दिएका थिए भने एक तरकारीवालीलाई जागिर दिलाइदिएका थिए । त्यस्तै किसानलाई टयाक्टर लगायत थुप्रै मान्छेको उद्धार गरेर समाजसेवामा योगदान पुर्याए बापत उनलाई सम्मान स्वरुप ‘स्पेसियल ह्युम्यानिटेरियन एक्सन अवार्ड’ दिइएको हो ।

देशभर सरकारले लगाएको लकडाउनका कारण बिचल्लीमा परेको उद्धार गरेका थिए । पर्दामा मात्र नभएर रियलमा नै सोनु सुद हिरो बनेका थिए । भारतिय मिडियाका अनुसार उनले पुर्याएको आर्थिक एवं भावनात्मक सहयोगको सम्मान स्वरुप सोमवार आयोजित भर्चुल समारोहमा अवार्ड प्रदान गरिएको हो । उनको योगदानको कदर गर्दै उनको फ्यानले उनको मुहार ट्याटु समेत खोपेका थिए । अवार्ड बारे सुदले भनेका छन्,’संयुक्त राष्ट्र संघबाट सम्मानित हुनु मेरो लागि विशेष कुरा हो । मैले थोरै गरेको छु । जित गरेको छु आफ्नो बुतामा इमानदार भएर गरेको छु ।’
लकडाउनको समयमा उद्धार र सहयोग गरेको भन्दै भारतमा सोनुलाई भगवानका रुपमा समेत लिने गरेका थिए ।