अनुमती छैन, तर सुटिङको हतारो


फिल्म खिच्न हतार गर्ने कि संघसंस्था मिलेर फिल्म क्षेत्र खोल्न सरकारलाई दबाब दिने । देशभर फेरि लकडाउन हुने हल्ला चलिरहँदा फिल्म बनाउने केही फिल्मीकर्मीहरुलाई फिल्म खिच्न हतार हुन थालेको पाइन्छ ।

अनमोल केसी, सुहाना थापा जस्ता कलाकार भएको फिल्म ए मेरो हजुर ४ को निर्मातालाई फिल्म खिच्न हतार छ । सरकारले अनुमती दिने टुंगो छैन । आजभोली देला भन्दा भन्दै कहिले देला देला भएको छ ।

यो बेलामा शुक्रबारदेखि सुटिङ सुरु गर्ने भनेर ए मेरो हजुर ४ का निर्माताले भनेका छन् । तर, सुटिङ कसरी हुन्छ भनेर भन्न पनि सकिने अवस्था त रहेन । फिल्म खिच्दा खिच्दै कुनै सदस्यलाई कोरोना देखियो भने के हुने भनेर मापदण्ड छैन । कसरी खिच्ने भन्ने पनि मापदण्ड भएको पाइएन । यस्तो बेलामा फिल्म खिच्ने कसरी ।

फिल्म परदेशी २ का निर्माता पनि फिल्म खिच्न तयार गरेको पाइन्छ । उनले वर्कशप नै सुरु गरे । वर्कशप एक हप्ता गर्ने र सुटिङ सुरु गर्ने उनको योजना पाइयो । तर, कहाँ खिच्ने कसरी खिच्ने । हतार किन गरेका हुन् ।

असार साउनमा पनि फिल्म भदौबाट खिच्छौ भनेका हुन् निर्माताहरुले । तर, कसैको योजना पुर्ण भएन । फिल्मको काम सुरु भएको केही दिन वितेपछि लकडाउन भैदिहाल्यो भने के गर्ने होला खै ?

ए मेरो हजुर ४, परदेशी २ का निर्माताले मात्र होइन है, अरुले पनि फिल्म खिच्ने बताएका छन् । रिलिजको टुंगो छैन । फिल्म खिचेर राख्न पाए हुन्थ्यो भनेर हतारिएका छन् फिल्म बनाउने मानिसहरु ।

फिल्म खिच्ने सुरसार भन्दा पहिला सरकारलाई दबाब दिएर फिल्म क्षेत्र नै खोल्ने वातावरण बनाउनतर्फ लागौ । सुटिङ सुरु भएपछि प्रहरीले रोक्यो भनेर समाचार आयो भने खल्लो होला ।