६५ देशका राष्ट्रगान गाउने रामजी नेपाली

धेरैले एक दुइ भाषाको गीत गाउन सक्छन् । यदि बढि गीत गाउन सकेको खण्डमा १० –१२ वटा जति । त्यो भन्दा बढि कमैले गीत गाउँछन् ।

तर गायक राजजी नेपाली विश्वका २४ वटा देशको राष्ट्रगान गाउँछन् भन्दा अचम्म लाग्न सक्छ । तर उनी कन्ठस्त ६४ देशको राष्ट्रगान गाएर सबैलाई चकित पारेका छन् । विभिन्न देशको राष्ट्रगान गाउँदै विश्वव्यापी यात्रामा निस्केका रामजी नेपालीलाई कोरोनाले गर्दा छेकेको छ । कोरोना संक्रमण नफैलिएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुन्थे ।
उनको गायन यात्रा केहि देशमा पुगेपछि रोकिएको छ ।उनी विश्वयात्राका क्रममा भारतका सात प्रान्त हुँदै बङ्गलादेश जाने क्रममा कोरोनाका कारण रोकिए र फेरि सिलुगढीबाटै नेपाल फर्किए ।

चार बर्ष अगाडी देखि विभिन्न देशका राष्ट्रगान गाउँदै आएका रामजी यस वर्ष बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सलगायतका देश पुग्ने योजना बनाएका थिए । विषम स्थितिका कारण उनको विश्वयात्रा अहिले स्थगन गदै अहिले आफ्नै जजन्मथलो बाग्लुङ आइपुगेका छन् ।  उनको लक्ष्य भने कम देखिदैन । उनी सन् २०२५ भित्र १९४ देशका राष्ट्रगान गाउने र विश्वका २३२ वटै देशमा पुग्ने अठोट रहेको छ । तर उनको यात्रामाम कोरोना संक्रणले विचलित बनाएको छ ।

उनी आउदो दुई वर्षभित्र १९४ देशकै राष्ट्रगान गाउँने तयारीमा रहेका छन् । उनी संसारभर भाइचारा र सद्भावनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रगान गाउँदै विश्वयात्रामा निस्केको सुनाउँछन् । उनको अर्को अभियान भनेको बुद्ध र सगरमाथाको देशका रुपमा नेपाललाई चिनाउँनु हो ।  विश्व पर्यटन दिवसको अवसरमा घर बाग्लुङ आइपुगेका गायक रामजीले मञ्चबाट ५० देशका राष्ट्रगान गाउने तयारी गरेका छन् ।

उनको यस भन्दा अगाडी जवानीमा तानेको गाँजा अहिले मलाई लाइरा छ नमजा जस्ता गीत लोकप्रिय रहेका छन् । रामजीले दुइ सय हाराहारी नेपाली गीतमा शब्द तथा स्वर संगीत भरिसकेका छन् ।