भुवनसँगको विवादपछि झन् ब्यस्त भइन् साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्तामा भुवन केसीको विवाद अदालतसम्म पुग्यो । फिल्म निर्देशक सोभित बस्नेतले एक अन्तरवार्तामा साम्राज्ञीको फिल्म क्षेत्रमा फर्किन नसक्ने अभिव्यत्ती नै दिएका थिए । तर उनको लकडाउन खुलेसँगै अरु अस्ताए पनि साम्राज्ञी भने चम्किएकी छन् । उनी एक पछि अर्को फिल्ममा अनुबन्धित भइरहेकी छन् ।

उनले लकडाउन खुले लगत्तै निर्देशक मिलन चाम्सको नाम नलुखाइएको फिल्ममा अनुबन्धित भएकी छन् । त्यस्तै निर्देशक हेमराज विसीको ‘एक’, ‘रेड वाइन’ र सन्तोष सेनको ‘हुतुतु’ मा काम गर्ने पक्कापक्की भइसकेको छ । त्यस्तै उनले ‘रेड वाइन’ भने उनले गत मङ्गलबार साइन गरेकी छन् । रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको फिल्ममा साम्राज्ञीको जोडी पल शाह बाँधिदिएका छन ।

भुवनसँगको विवाद पछि काम पाउँदिन भन्नेका लागि उनको यो सरप्राइज पनि हुन सक्छ । नेपालमा पछिल्लो समयकी चल्तिको अभिनेत्रीको रुपमा रहेकी साम्रज्ञी विवाद पछि झन् बर्षैभरि व्यस्त हुने संकेत देखिन्छ । उनले तीन वटा फिल्मको लागि छायाँङ्कनको समय मिलाउन हम्मे हम्मे देखिन्छ ।