कोरोना संक्रमणबाट गायक एसपी बालासुब्रमण्यमको निधन

दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । उनको ७४ बर्षको उमेरमा चेन्नइको एक अस्पतालमा मृत्यु भएको हो ।  आफुलाई कोरोना संक्रमण भएपछि गत ५ अगस्टमा अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार १ बजेर ४ मिनेटमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

दक्षिण भारतीय फिल्ममा पहिचान बनाएपछि १९८१ मा हिन्दी फिल्मका गीत गाउन सुरु गरेका थिए । उनले कमल हसन अभिनित ‘एक दुजेके लिए’ फिल्मको ‘तेरे मेरे बीचमे’ बोलको गीतबाट उनले बलिउड गायन करियर सुरु गरेका थिए । यो फिल्मको गीतबाट उनले नेशनल अवार्ड समेत जितेका थिए । त्यस्तै धेरै भाषाका गीत गाउन सक्ने क्षमताका एसपीले हिन्दी, तमिल, तेलगु र कन्नड गरेर ४ भाषामा ६ नेशनल अवार्ड जितेका थिए । बालासुब्रमण्यमले कमल हसन, रजनीकान्तदेखि शाहरुख र सलमान खान जस्त पुरै बलिउड स्टारहरुका लागि फिल्म गीत गाएका छन् ।