ड्रग्स केसमा नाम जोडिएपछि अभिनेत्री दीपिकालाई करोडौँको घाटा
बलिउडमा धमाधम अभिनेत्रीको नाम ड्रग्स केसमा जोडिन थालेपछि उनीहरुको करियरमा पनि असर पर्ने देखिएको छ । बलिउडकी लोकप्रिय अभिनेत्री दीपिका पादुकोणको पनि ड्रग्सको केसमा जोडिएपछि उनी ब्राण्डमा असर पर्ने भन्दै तनावमा देखिएकी छन् ।
भारतिय सञ्चारमाध्यमहरु अहिले बलिउड करिअर र ब्रान्डसँगको सहकार्यमा कस्तो असर पर्छ भन्ने बहस चल्न थालेको छ । बलिउडका केही ट्रेड पण्डितहरु दीपिकाको करिअरलाई ठूलो असर नपर्ने तर उनको ब्रान्ड भ्यालू भने घटाउने अनुमान लगाउन थालेका छन् । दीपिकालाई असर परेको खण्डमा करिब ६ सय करोडका लगानीमा असर पर्ने छ ।
२ वटा फिल्म सहित ३३ वटा ब्रान्ड उनीसँग जोडिएका छन् । त्यस्तै दीपिकाले निर्माता मधु मन्तेना र शकुन बत्राको चलचित्रमा काम गर्ने तयारी गरेकी छिन् । यस्तै, एउटै विज्ञापनबाट ८ देखि १२ करोड लिने दीपिकासँग ३३ वटा ब्रान्ड जोडिएका छन् । जसका कारण ड्रग्स मामिलाले उनलाई आर्थिकमा असर पर्ने भारतिय मिडियाले जनाएका छन् ।
प्रतिक्रिया