कवि राजन मुकारुङको आयो ‘ज्यानै हाजिर भो ’

लोकप्रिय आख्यानकार तथ कवि राजन मुकारुङको शब्द र सङ्गीत रहेको ‘ज्यानै हाजिर भो ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हालै सार्वजनिक भएको गीतमा मैलिक रैथाने संस्कृति झल्काउने शब्दहरु प्रयोग भएका छन् । राजनको शब्द संगीतको गीतलाई ब्रबिम सेर्मा र सीता सिंगकले गाएका छन् ।

गीतमा पदम राजन मगरको संगीत संयोजन, मुस्कान मुकारुङको मिक्सिङ र मास्टरिङ रहेको गीतलाई किरण चाम्लिङ राईले म्युजिक भिडियो बनाएका हुन् । भिडियोमा ब्रबिम सेर्माका साथमा इक्सा मादेन र पुष्पा लिम्बूले अभिनय गरेका छन् ।

थैली ईन्टरटेनमेनको प्रस्तुती रहेको गीतमा सोम मगरातीको श्रृङ्गार, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन र अनिल रानाको सम्पादन रहेको छ । गीतको भिडियोलाई ओरिजिन नेपालमार्फत हेर्न र सुन्न सकिन्छ ।