राजेश हमालले गरे ११३ जना प्राविधिकलाई जनही ५ हजार सहयोग
नेपाल चलचित्र प्राविधिक संघबाट महानायकको उपाधि पाएका राजेश हमालले लकडाउनका कारण समस्यामा परेका ११३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् ।
आज चलचित्र प्राविधिक संघद्धारा काठमाण्डौमा आयोजित एक कार्यक्रममार्फत हमालले ११३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका हुन् । कार्यक्रममा बोल्दै हमालले प्राविधिकहरु आफ्ना लागि सधै नै उच्च स्थानमा रहेको र समस्यामा परेको बेला केही सहयोग गर्ने बताए ।
उनले आफुले धेरै रकम दिन नसकेपनि भोलीका दिनमा झन् समस्या बढेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
अभिनेता हमालले देश बाहिर रहेका केही आफ्ना साथीहरुले समेत प्राविधिकहरुलाई सहयोग गरेकोमा धन्यवाद समेत दिएका छन् ।
प्रतिक्रिया