बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘जुलुङ्गो ’ छनोट

पछिल्लो समय नेपाली फिल्म अन्तराष्ट्रिय क्षेत्रमा धमाधम अवार्डमा छनोट हुन थालेका छन् । नेपाली सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयर क्रो)’ बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट भएको छ । राजेशप्रसाद खत्री निर्देशित ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो ।

नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको यस फिल्मका निर्माताहरु र भाम (नेपाल), क्याथरिन डसार्ट (फ्रान्स) र शुक फोङ चोक (हङकङक) हुन् । पश्चिममा ‘भ्याउना’ भनेर भनिने जुलुङ्गोको अर्थ बाली–नाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ । फिल्ममा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविराज भाम लगायतको अभिनय रहेको छ ।